सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन ज्ञापनपत्र

धनगढी : कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ ।

संघर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधि सभाबाट पास गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो। स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन र मानवस्रोत विकास गरी नागरिकलाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले विश्वविद्यालय सञ्चालन गर्न ऐन निर्माणको प्रक्रिया भने थालेको छ ।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो । गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्बका भौतिक संरचनाहरु निर्माण गरेको छ । तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन ।

राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा थन्केर बसेको विद्येयक यथाशक्य पास गराउन भन्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले मंगलबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापतिलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दप्रसाद भट्टसहितको टोलीले सभापति थापालाई ज्ञापनपत्र बुझाएको हो । सभापति थापाले तत्काल बैठक राखेर विद्येयक अगाडी बढाउने बताएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले बताए । साथै बुधबार स्वास्थ मन्त्री, शिक्षा, सभामुख र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिले बताएको छ ।

Deep Jyoti Pustak psl
Loading...