अत्तरिया : कैलालीको गोदावरी-४ बसन्तपुरमा रहेको एपेक्स एकेडेमीले दसैँ तिहारको बिदामा विद्यार्थीलाई तरकारीको बिउ वितरण गरेको छ ।
विद्यालयले विद्यार्थीलाई तिहारपछि उक्त बिउबाट तरकारी फलाएर नमुना ल्याउन होमवर्क दिएको हो ।
विद्यालयले विद्यार्थीलाई पहिलो दिनको फोटोदेखि फलाएर स्कुलमा नमुना ल्याउन्जेल सम्मको फोटो खिच्न पनि गृहकार्यको रूपमा दिएको छ ।
जसबाट विद्यार्थीको आन्तरिक मूल्याङ्कन पनि गरिने विद्यालयका प्रधानाध्यापक समीर महराले बताए । उक्त तरकारी विद्यार्थीले स्कुल आयोजना हुने कृषि हाट बजारमा ल्याएर आफै बिक्री समेत गर्ने उनले बताए ।
