लागुऔषधसहित कञ्चनपुरबाट चार जना पक्राउ

अत्तरिया : कञ्चनपुरबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्।

जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो।

दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो।

दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...