लागुऔषधसहित कञ्चनपुरबाट चार जना पक्राउ

अत्तरिया : कञ्चनपुरबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्।

जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो।

Godawari_Badhi

दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो।

दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...