धनगढीले गर्‍यो चार पालिकासँग निःशुल्क शव चिस्यान सेवा दिन सम्झौता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने सम्झौता गरेको छ ।

उपमहानगरपालिकाले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकासँग शव चिस्यान सेवा दिन सम्झौता नै गरेको हो । उपमहानगरसहित छिमेकी पाँच पालिकामा निःशुल्क शव चिस्यान सेवा धनगढीले प्रदान गर्दै आएको थियो ।

गोदावरी नगरपालिका बाहेकका चार स्थानीय तहहरूसँग विहिबार सम्झौता गरिएको छ । २०८२ असार मसान्तसम्म छिमेकी चार पालिकामा यस्तो सेवा प्रदान गर्न सम्झौता गरिएको छ । उपमहानगरपालिकाको नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरमा लगेर जडान गर्नेछ । मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने छ । छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले शव चिस्यान यन्त्र थप गरेको थियो ।

शव चिस्यान यन्त्रको संख्या पाँच पुगेको छ । अब गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगरप्रमुख गोपाल हमालको सचिवालयले बताएको छ । विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ । उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरीमार्फत दिँदै आएको छ ।

Nabadurga Sunchadi
Loading...