अत्तरियाको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ अत्तरिया रिङ रोडमा रहेको ऋषि खोला होटलबाट ३ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटलबाट सञ्चालक सहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...