अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रोजगारीका अवसर तथा चुनौतीहरुका बारेमा छलफल गरिएको छ ।
विकासका लागि युवा ऐक्यवद्धता (यार्ड) नेपालको समन्वयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गोदावरी नगरपालिकाले रोजगारीका अवसर तथा चुनौतीबारे रोजगारदाताहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा गोदावरी नगरभित्र रोजगारी सृजना गर्ने विभिन्न क्षेत्रका रोजगारदाताहरुको सहभागिता रहेको थियो । उनिहरुले नगरपालिकाले प्रदान गर्ने विभिन्न किसिमका तालिमहरु रोजगारमुखी हुन जरुरी रहेको औल्याएका थिए ।
नगरप्रमुख विरेन्द्र भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरि दत्त भट्ट, वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहरा, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामी, एन प्याब्सन गोदावरीका सचिव देव राज भट्ट, एल एस वाटर ईण्डष्ट्रिजका फ्याक्ट्री म्यानेजर अनिल रावत, नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारी, प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्री लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुलाई रोजगार संयोजक रोहित प्रसाद जोशी, यार्ड नेपालका प्रतिनिधि महेन्द्र शाही लगायतकाले प्रस्तुती दिएका थिए ।