काठमाण्डौ : एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोलले पराजित भएको हो । कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन ।
समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९-२ ले पराजित भएको थियो ।
लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि आइतवार बेलुका मङ्गोलियासँग खेल्नेछ ।
