काठमाण्डौ : सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २-१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो ।
यस्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने सदस्यसचिव घिसिङले बताए ।
उपविजेता बनेको महिला फुटबल टोलीलाई काठमाण्डौ महानगरपालिकाले गएराति नै टोलीका हरेक खेलाडीलाई एक लाख र टिम ब्यवस्थापक, फिजियो लगायतलाई गरी २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ ।
