डडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ ।

गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाको डडेल्धुरा अस्पताल पुगाइएको थियो ।

डडेल्धुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो। धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाईएको थियो ।

बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहिबार बिहान उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...