ईप्रका मालाखेतीका डिएसपी थापाले मनाए अनाथ बालबालिका संग जन्मदिन

अत्तरिया : कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले सेभ हाउसका अनाथ बालबालिका संग आफ्नो जन्मदिन मनाएका छन् ।

गोदावरी नगरपालिका २ अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसका अनाथ बालबालिका संग डिएसपी थापाले आफ्नो जन्मदिन मनाएका हुन् ।

आइतबार बिहानै उक्त संस्थाको कार्यालयमा पुगेर उनले खाद्यान्न सहयोग गरेका छन् । जन्मदिनको अबसरमा अन्य खर्च गर्नु भन्दा अनाथहरुको सेवामा खर्च गर्दा सन्तुष्टि मिल्ने भन्दै उनले सेभ हाउसमा खाद्यान्न बितरण गरिएको बताएका छन् ।

सो अवसरमा संस्थाकि अध्यक्ष जानकी मलासीले थापालाई खाद्यान्न सहयोग गरेकोमा धन्यवाद दिइन् । सेभ हाउसले अनाथ महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको छ ।

Nabadurga Sunchadi
Loading...