डडेल्धुराको उग्रतारा मन्दिरमा दर्शनार्थीको घुइँचो

आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ ।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ ।

दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौं वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेका छन् ।

यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।

Loading...