दार्चुला जिप दुर्घटनामा गम्भीर घाइतेहरुको धनगढीमा उपचार हुदै

अत्तरिया : दार्चुला जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको धनगढीमा उपचार हुदैछ । जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावलको धनगढी स्थित निर्सग अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

घाइते पाँच जनामध्ये उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रबार धनगढी ल्याईएको हो । दुर्घटनाका अन्य घाइतेहरुको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा आठ जनाको मृत्यु, पाँच जना घाईते

शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको म१ज ३३८ नम्बरको जिप महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका-६ बजानीमा दुर्घटना भएको हो । जिप दुर्घटनामा मृतकको संख्या आठ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदै गर्दा बोटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, सोही ठाउँकी ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र सोही ठाउँकी २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १६ वर्षीय सुजीव बोहरा, डिलाशैनी-५ कै ५० वर्षीया विरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ वर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने १८ वर्षीय मोहम्मद ओसिल रहेका दार्चुला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले बताए।

दुर्घटनामा ५ जना घाइते भएका छन् । जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, ठेगाना खुल्न नसकेका प्रकाश रावल र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ वर्षीय सोहिन शाह रहेका छन् ।

घाइतेमध्ये चालक जोशीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको सो जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा तीन जना कर्मचारीको मृत्यु

जिप दुर्घटनामा शैल्यशिखबर नगरपालिकामा कार्यरत अमिन बिरेन्द्रसिंह रावल, गोकुलेश्वर बहुमुखि क्याम्पसमा कार्यरत मिना लेखक र दिलीपसिंह विष्टको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टका अनुसार तीनै जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाउँपालिकामा शोक बिदा

दार्चुलाको शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाउँपालिकामा शुक्रबार शोक बिदा दिईएको छ । दार्चुलाको शैल्यशिखर-६ बजानीमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । दुर्घटनामा नगरपालिकामा कार्यरत अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह विष्टलगायत ८ जनाको मृत्यु भएको शोकमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यस्तै बैतडीको डिलाशैनी गाउँपालिकाले पनि हिजो शोक बिदा दिएको छ । दार्चुलामा भएको जिप दुर्घटनामा डिलाशैनीका २ जनासहित ८ जनाको मृत्यु भएको थियो । अन्य ५ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले शोक वक्तव्य जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको जनाएका छन् ।

जिप दुर्घटना प्रती एमालेकोे दुःख ब्यक्त

दार्चुलामा भएको जिप दुर्घटना प्रती एमालेले दुःख ब्यक्त गरेको छ । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिले एक बिज्ञप्ती जारी गर्दै दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जिप दुर्घटना दुःखद घटना घटेको जनाएको छ । पार्टी प्रदेश सचिव रण बहादुर चन्दद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सो दुर्घटनाबाट मृत्यु हुनुहुने प्रती श्रदाञ्जली ब्यक्त गरिएको छ । पार्टी प्रदेश सचिव रण बहादुर चन्दद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सो दुर्घटनाबाट मृत्यु हुनुहुने प्रती श्रदाञ्जली ब्यक्त गरिएको छ । साथै दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना सहित घाइतेको उपचारमा सम्बन्धीत निकायलाई सक्रिय हुन आग्रह गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...