अफगानिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २-० गोलले विजयी

काठमाण्डौ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले हराएको छ ।

ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक-एक गोल गरे ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४-० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो ।

अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

Nabadurga Sunchadi
Loading...