डडेलधुरा : डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२ वर्षीय चालक दलबहादुर साउदको मृत्यु भएको हो ।
मंगलबार बिहान साढे १० बजेको समयमा सुपप्र ०१००२त ६३८२ नंको टयाक्टर आलितालको वडा नं २ डोवरास्थित गांङखेत-आलितालबाट भित्र गाउँ जाने ग्रामीण सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
