दार्चुलामा छतबाट खसेर एक जनाको मृत्यु

दार्चुला : दार्चुलामा छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका-४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर मार्मा गाउँपालिका-५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास गर्दै आएका ३६ वर्षीय राजेन्द्र महताको शुक्रवार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

Loading...