गोहीको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते

कञ्चनपुर : कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट सोमवार घाइते भएकी हुन्।

सार्कीलाई प्यारातालको नालामा घाँस काट्ने क्रममा गोहीले आक्रमण गरेको हो। सार्कीको गोहीको आक्रमणबाट बाँया हात र खुट्टामा चोट लागेको छ।

उनको सेती प्रादेशिक अस्पातलमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...