खोला तर्न खोज्दा खोलामा बगेर बझाङका एक बालकको मृत्यु

बझाङ : बझाङमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो।

उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनी बगेको केहीबेरमा नै मृत्यु भएको प्रहरीले बताएको छ।

Loading...