दार्चुला : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो ।
रावल बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन् ।
