डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जात

डडेल्धुरा : डडेल्धुराको प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा रहेको नवदुर्गा गाउँपालिका-५ को चामामा यही मंसिर २५ र २६ गते समैजी जात लाग्ने भएको छ ।

मंसिर २५ गते रतेडी र २६ गते दिउँसेडी लाग्ने बताइएको छ । मेलामा तरवारसहित चौलो र धामी झाँक्रीको नाच प्रदर्शन हुने गर्दछ ।

मान्छेको राजधानी काठमाडौँ भने जस्तै देवीदेवताको राजधानी चामा हो भन्ने किम्वदन्ति रहेको छ । मेलामा मदिरा सेवन तथा बेचविखन गर्न पूर्ण रुपमा रोक लगाइएको बताइएको छ ।

Dhn_Laingik Hinsa 2082
Loading...