गोदावरी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

अत्तरिया : कैलालीको गोदावरीमा सम्पन्न नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले तेघरीले हात पारेको छ ।

गोदावरी नगरपालिकाले मंसिर १८ गतेदेखि सुरु गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो ।

प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि अत्तरियाले १० स्वर्ण, १३ रजत र १९ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ । यस्तै दुर्गा भवानी मावि जमुनानगरले १० स्वर्ण, ६ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा पहिलो भएको सैनिक आवासीय महाविद्यालय तेघरीलाई २० हजार, दोस्रो भएको दुर्गालक्ष्मी नमुना माविलाई १५ हजार र तेस्रो भएको दुर्गा भवानी मावि जमुनानगरलाई १० हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा पदक विजेता टिमलाई शुक्रबार एक कार्यक्रमका बिच नगरप्रमुख विरेन्द्र भट्टले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै नगरप्रमुख भट्टले अनुशासनपुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक लगायतलाई धन्यवाद व्यक्त गरे ।

उनले खेल क्षेत्रको बिकासका लागि नयाँ खाका र बजेट अनरुप आफुले सक्दो सहयोग गर्ने बताए । पालिकाको तर्फबाट थप बजेट विनियोजित गरेर नयाँ योजना र खेल क्षेत्रलाई थप बिकास गर्नमा आफु प्रतिबद्ध रहेको जनाएका छन् ।

गोदावरीका संस्थागत र सामुदायीक गरि ४५ विद्यालय सहभागि रहेको प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराईएको थियो । प्रतियोगिता गोदावरी-७ मा रहेको दुर्गा भवानी माविमा सञ्चालन भएको थियो ।

Loading...