गोदावरीमा सडक मर्मत सम्भार सबन्धी ५० दिने सीप विकास तालिम सुरु

अत्तरिया : कैलालीको गोदावरीमा सडक मर्मत सम्भार सबन्धी ५० दिने सीप विकास तालिम सुरु भएको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा ‘कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी सडक मर्मत सम्भार’ विषयक ५० दिने तालिम चौकीडाँडामा आजदेखि सुरु भएको हो ।

तालिममा नगरपालिकाको वडा नम्बर २, ३ र १० का २० जना सहभागी रहेका छन् ।गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले ब्यानर वाचन गरेर तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गरिबीको रेखामुनि रहेका महिलाहरूलाई स्वरोजगार, आर्थिक सहयोगमार्फत सामाजिक र आर्थिक सशक्तीकरण गर्ने सरकारको योजना रहेको बताए ।

नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले गाउँबस्तीका महिला, दलित र जनजाति समुदायलाई रोजगार सृजना गरी जीवनस्तर सुधार गर्ने तालिमको उद्देश्य रहेको बताएका छन् । तालिमका प्रशिक्षक गंगा दत्त भट्टले तालिममा सहभागीहरूलाई नियमित उपस्थित भएर सीप र ज्ञान हासिल गर्न अनुरोध गरे ।

तालिम ट्रेस नेपाल प्रालि.धनगढीको प्राविधिक सहकार्य र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । तालिम अवधिभर सहभागीहरूले ३३ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग पाउने बताईएको छ ।

Nabadurga Sunchadi
Loading...