दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका-५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहारको मृत्यु भएको हो ।

आफन्तलाई लिन जाने क्रममा घरबाट अन्दाजी ५ सय मिटर टाढा रहेको जेवलाधार भिरबाट लडेर १५० मिटर तल खस्दा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...