कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाण्डौ : कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए ।

जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २\२ विकेट लिए। हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

Deep Jyoti Pustak psl
Loading...