डोटीको दिसिनपाका बिद्यालयमा शैक्षिक उपलब्धी र कार्यसम्पादन परिक्षणमा पपमुना मावि प्रथम

डोटी : डोटीको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक बिद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मापन अनुसार प्रथम भएको छ ।

परिक्षण केन्द्रले दिपायल सिलगढी नगरपालिकामा रहेका बिद्यालयहरुमा बिद्यालय शिक्षाको उपलब्धी र कार्यसम्पादन परिक्षण गर्दा सिलगढी स्थित पपमुना माविले ८२.०९ प्रतिशत अंक प्राप्त गरि प्रथम भएको हो ।

विद्यालयको समग्र पक्षको अनुगमन पश्चात मापन गरिएको नतिजा अनुसार दोस्रोमा वडा नम्बर ८ स्थित सुनादेवी माविले ६१.३० प्रतिशत प्राप्त गरेको छ । त्यस्तै सोही वडाको नारिदाङ स्थित चौखान माविले ५९.९६ प्रतिशत प्राप्त गरि तेस्रो भएको छ ।

क्रमशः दिल्पेश्वर मावि दिपायलले ५७.७९ प्रतिशत, तेडी मावि कलेनाले ५६.२५ प्रतिशत, दुर्गा मावि पाकरीले ५५.५९ प्रतिशत, कुमालीकोट माविले ५०.०९ प्रतिशत, मगलेक माविले ४१.६६ प्रतिशत र सबैभन्दा कम देवी माविले ३६.९१ प्रतिशत प्राप्त गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी अन्तिम नतिजा दिसिनपाकाका नगर प्रमुख बाजी सिं खड्काको अध्यक्षतामा घोषणा गरिएको हो ।

Loading...