गोदावरी होटल व्यवसायी संघको ७औँ साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी होटल व्यवसायी संघको ७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा आयोजित कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष बिरमनजंग बटाला प्रमुख अतिथि रहेका थिए ।

यस्तै बिशिष्ट अतिथिमा संघकी केन्द्रिय उपाध्यक्ष धना चोखाल रहेकी थिईन भने कार्यक्रममा होटल ब्यवसायी महासंघका सचिब कलम बम, प्रदेश महासचिव तेज बहादुर बोहरा, कैलाली होटल ब्यबसायी संघका अध्यक्ष केशब पाण्डे, केन्द्रिय सदस्य दिल बहादर खत्री लगाएत यस क्षेत्रका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका महासचिव रविन्द्र खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार, संघले गत आर्थिक वर्षमा ४ लाख ४३ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो भने त्यसमध्ये २ लाख ८ हजार ४ सय ४५ रुपैयाँ खर्च हुँदा, नगद मौज्दात २ लाख ३५ हजार ३ सय ५५ रुपैयाँ रहेको छ ।

संस्थामा झण्डै ३ सय ४४ होटल ब्यबसायी आबद्ध रहेका छन् । संघकी उपाध्यक्ष बिष्ना बोहराको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव रबिन्द्र खड्काले गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...