डडेल्धुरा : डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
नवदुर्गा गाउँपालिका-४ मलपडा स्थित सेति नदिमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो ।
बिष्ट माछा मार्नको लागी पासो हाल्ने क्रममा पानीमा डुबेका थिए । उनलाई आफन्तले पानीबाट निकालेर उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।