डडेल्धुरामा नहरको पानीमा एक जना मृत फेला

डडेल्धुरा : डडेल्धुरामा नहरको पानीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भागेश्वर गाउँपालिका-३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीय अर्जुन रावल आइतवार मृत अवस्थामा फेला परेका हुन् ।

रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

Loading...