बैतडीमा भिरबाट लडेर ५० वर्षीय पुरुष गम्भीर घाइते

अत्तरिया : बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते भएका छन्।

जिल्लाको सिगास गाउँपालिका–२ कोटिलाका ५० वर्षीय हिरा धामी बुधवार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका हुन्।

परिवार स्रोतका अनुसार हिरा वडा नम्बर–२ कै खोल्टेबाट घर फर्किरहेका बेला साँझ गाजरी–धौलाडी भित्री सडकबाट लडेका थिए। लडेर घाइते भएका उनको टाउको, घाँटी र घुँडामा चोट लागेको बताइएको छ।

भिरबाट लडेर गम्भीर भएका उनलाई उपचारको लागि धनगढी लगिएको पारिवारिक स्रोतले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...