काठमाडौँ : नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो ।
उनका अनुसार सो विषयमा बोल्ने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ । उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए ।
यसपछि गत कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोधेको थियो ।