गोदावरीबाट लागू औषध सहित ३ युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागू औषध सहित ३ युवक पक्राउ परेका छन। शनिबार गोदावरी नगरपालिका-२ अत्तरियाको पहाडरोडबाट सोही वडाको बनखेतका २१ वर्षीय अमित सार्की र २५ वर्षीय बिरेन्द्र साँउद पक्राउ परेका हुन ।

Krishnapur,Kanchanpur

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अमित सार्कीको साथबाट २० ट्याब्लेट र बिरेन्द्र साँउदको साथबाट १६ ट्याब्लेट लागु औषध कउबकmय अगचभयल बरामद गरिएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रवार राती गोदावरी नगरपालिका-५ गेटाबाट स्थानीय २३ को कमलेश बम लागू औषध सहित पक्राउ परेका थिए । उनको साथबाट ७२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

Dhangadhi Upamahanagar
Loading...