गाडीको ठक्करबाट घाइते रावतको उपचारका क्रममा मृत्यु

धनगढी : कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु भएको छ ।

गौरीगंगा नगरपालिका–९ की ६१ वर्षीया मनादेबी रावतको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते रावतको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा बुधबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...