अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनले यही माघ १२ गतेदेखी सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता (शारदा फुटबल लिग) आयोजना गर्न लागेको हो ।
आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ । माघ १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको विद्यालयका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको द्धितिय पुरस्कार नगद रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदयीमान खेलाडीलाई समान नगद रु. १ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने शाहीले बताए । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई भने नगद रु. ५०० रुपैया प्राप्त गरिने उनले बताए ।
प्रतियोगितामा प्रदेशका करिब १२ वटा टीमको सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ । फुटबलमा विद्यालयस्तरदेखी नै खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले बताए । उनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई मात्रै प्रतियोगितामा खेलाडीका रुपमा सहभागि गराउन पाईने बताए । उनका अनुसार प्रतियोगितामा कैलाली र कञ्चनपुरबाट टीमहरु सहभागि हुनेछन् ।
विद्यालयका प्रबन्ध निर्देशक शाहीले प्रतियोगीतालाई सफल पार्नका लागि सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गरे ।
