आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावलेअहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

Dhn_Tihar & Chhat 2082
Loading...