डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल परशुराम तिर्थमा विगतका वर्षझै यस वर्ष पनी आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाउँमा अवस्थित भगवान परशुरामको जन्मस्थल परशुराम तिर्थमा मकर संक्रान्तिका दिन आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यहि पौष २९ गते र माघ १ गतेका दिन मकर महास्नानको अवसरमा मकर मेलालाई उत्सवका रूपमा मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन)ले बताए ।

यही पौष १५ गते बसेको विश्व हिन्द युवा संघको बैठकले उक्त कार्यक्रम गर्ने सम्बन्धमा निर्णय गरेको हो । सांस्कृतिक कार्यक्रमका लागि विभिन्न निकायसंग आर्थिक, भौतिक, नैतिक सहयोगका लागी पनी अनुरोध गरीएको छ ।
परशुराम तिर्थमा आयोजना हुने आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट आध्यात्मिक प्रवचन, परशुराम तिर्थमा अखण्ड ध्वनी भजन कृतन रहने पनी अध्यक्ष ऐरले बताए ।
त्यस्तै उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको पनी बेजोड प्रस्तुती रहने विश्व हिन्दु युवा संघका आलीताल गाउपालीका अध्यक्ष डम्बर बोहराले बताए । कार्यक्रममा भक्तजनको सेवामा तत्पर रहेको उनले बताए । कार्यक्रम सभ्य भब्य ढंगले सफल पार्न सबैले सहयोग गर्नुपर्ने विश्व हिन्दु युवा संगठनले अनुरोध गरेको छ ।
