डडेल्धुरा : डडेल्धुराको परशुधाममा आयोजना हुने विश्व हिन्दु युवा संघको कार्यक्रमलाइ समाजसेवी विनय प्रकाश मल्लले आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको परशुराम नगरपालिका-५ परिगाउमा अवस्थित भगवान परशुरामको जन्मस्थल परशुधाममा विश्व हिन्दु युवा संघले आयोजना गरेको आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमको लागी मल्लले आर्थिक सहयोग गरेका हुन् ।डडेल्धुराका युवा आइडल हाल रोजगारीको सिलसिलामा जापानमा रहेका समाजसेवी मल्लले रु. २० हजार सहयोग गरेका छन् ।
उक्त सहयोग रकम समाजसेवी मल्लकी आमाले विश्व हिन्दु युवा संघका डडेल्धुरा जिल्ला अध्यक्ष मोहन ऐर (रोहन) लाइ हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण पछी अध्यक्ष ऐरले समाजसेवी मल्लकी आमालाइ खादामाला, रुद्राक्षको माला सहित राष्ट्रिय झण्डाले सम्मान गरेका छन् ।
जापानमा रोजगारीको सिलसिलामा रहेका समाजसेवी मल्ल आफ्नो ठाउँका गरिब, दुखी, असहाय, अनाथ तथा टुहुरा बालबालीकाहरुलाइ विद्यालय पोशाक, शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । उनले जिल्लाका बिभिन्न बिद्यालयहरुमा आर्थिक सहयोगका लागी अक्षयकोष पनी स्थापना गरेका छन् ।
