धनगढी : कैलालीमा अटो रिक्सामा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने ४६ वर्षिय भुवन खत्रीको मृत्यु भएको हो ।
बिहिबार धनगढीको शहिदगेटदेखी चौराहातर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४८८७ नम्बरको अटोमा सवार खत्री अटोमै एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अटो चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी-३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र शव परिक्षणका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।