टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु

अत्तरिया :  कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ को बसपार्कमा प्रदेश ३०२००९प १०६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २७ वर्षीय ग्रिष्म तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

Loading...