६० लाख धरौटी बुझाएर छुटे लामिछाने

काठमाडौँ : गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भएका छन् ।

लामिछाने जिल्ला अदालत काठमाडौँमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले बैंक ग्यारेन्टीमा धरौटी बुझाएको जानकारी दिए ।

पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको थियो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश दिएको हो ।

काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो ।

Deep Jyoti Pustak psl
Loading...