आशिका तामाङ स्वयम्भूबाट पक्राउ

काठमाण्डाै : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको हो ।

आशिका तामाङलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । शिकाविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो ।

कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको भन्दै तामाङविरुद्ध उजुरी परेको छ । साथै गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताए ।

Deep Jyoti Pustak psl
Loading...