अत्तरियाको घण्टेश्वर मावि विव्यसको अध्यक्षमा गोकुल भट्ट

अत्तरिया : कैलालीको अत्तरिया स्थित घण्टेश्वर माध्यमिक बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भट्ट निर्विरोध चयन भएका छन् । गोदावरी नगरपालिका-१ मा रहेको पुरानो विद्यालय घण्टेश्वर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भट्ट चयन भएका हुन् ।

गोदावरी नगरपालिकाका नगरप्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपालदत्त भट्ट सहितको बिहीबार बिद्यालयमा बसेको बैठकले ७ जना विद्यालय व्यवस्थापन समिति सदस्यहरूबाट गोकुल भट्टलाई सर्वससम्मत चयन गरेको हो । त्यस्तै, विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा बिद्यालयका प्रध्यानाध्यापक दिपकराज भण्डारी रहेका छन भने सदस्यहरुमा दौलत सिंह बोहरा, गोबिन्द भट्ट, समिता कुमारी भट्ट, भववानी थापा मगर र ईश्वरी भट्ट निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टसहित सदस्यहरूलाई वडाध्यक्ष गोपालदत्त भट्ट र विद्यालयका शिक्षकहरूले बधाई तथा शुभकामना दिएका छन् ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक,अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै विद्यालयलाई सबै हिसाबले नमुना बनाउन सामूहिक रूपमा छलफल गरेर अघि बढ्ने बताए ।

Loading...