आज थप आठ बन्दी रिहा गर्दै हमास, परेनन् विपीन जोशी

काठमाडौं : प्यालेष्टिनी हमास समूहले बिहीबार थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन् । पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन ।

गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ ।

नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन ।

Dhn_Tihar & Chhat 2082
Loading...