अत्तरिया : कैलालीको अत्तरियाका लक्ष्मण विश्वकर्मा नेपाली कांग्रेसको “अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग” को सदस्य पदमा मनोनयन भएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम पार्टीभित्र सक्रिय उनलाई उत्प्रेरणा विभागको सदस्यमा मनोनयन गरिएको हो । अपांगता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर बनाउन,उनीहरूका हकअधिकार सुनिश्चित गर्न तथा अवसरको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अपांगता भएका व्यक्ति र समुदायको हित तथा उनीहरूको सशक्तीकरणका लागि काम गर्ने यो विभाग नेपाली कांग्रेसको महत्वपूर्ण संरचनामध्ये एक हो । यसअन्तर्गत समावेशी नीतिहरू लागू गर्ने, अपांगता भएका व्यक्तिहरूको हकहित सुनिश्चित गर्ने तथा उनीहरूको जीवनस्तर सुधार्न पहल गरिनेछ ।
