अत्तरियामा धर्मदिप फार्मेसी सञ्चालनमा

अत्तरिया : कैलालीको अत्तरियामा धर्मदिप फार्मेसी संचालनमा आएको छ ।

उक्त फार्मेसीको आज (शनिबार) एक कार्यक्रमका बिच भूमिराज लाटाराज देवताका मुखिया केशव राज भट्टराईले रिबन काटी उद्घाटन गरेका हुन् । अत्तरिया चोकमा सञ्चालनमा आएको उक्त फार्मेसीले उद्घाटन सत्रमै बिबिध चेकजाँच नि:शुल्क गरेकाे थियो ।

फार्मेसीमा सबै किसिमका औषधी उपलब्ध हुनुका साथै सम्पूर्ण किसिमका चेकजाँच समेत गरिने सञ्चालक राेजिना वलीले बताईन। उनले केही समय भित्रै ओपीडी सेवा बिस्तार गरिने पनि जानकारी दिईन । उक्त फार्मेसी करिब ३० लाख लागतमा सञ्चालनमा ल्याईएको बताईएको छ।

Dhangadhi 2081
Loading...