चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते

काठमाडौै : चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो । बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार गाडीमा २८ जना थिए । २३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएकोउनले बताइन् ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Dhangadhi 2081
Loading...