सेती नदीमा नवजात शिशुको शव फेला

डोटी : डोटीमा एक नवजात शिशुको शव फेला परेको छ।

जिल्लाको शिखर नगरपालिका–६ तिलतालीमा सेती नदीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो।

बिहीबार साँझ ५ बजेको समयमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए। ८÷९ महिनाको जस्तो देखिने नबजात शिशुको शव फेला परेको उनले बताए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...