बझाङ : बझाङका पत्रकार ललित बहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । सोमबार राती आफ्नो कोठामा बोलाएर विनोद कठायतको समूहले उनीमाथी आक्रमण गरेको हो ।
चक्कु प्रहारबाट उनको आँखा माथिल्लो भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार गरिएपछि घर फर्किसकेका प्रहरीले बताएको छ । उनी नेपाल पत्रकार महासंघ बझाङको अध्यक्ष पनि हुन । प्रहरीले घटनामा संलग्न २९ वर्षीय विनोद सहित २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपश्चात वादविवाद हुँद कुटपिट हुन पुगेको बताएका छन । यसबिच नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।
