अत्तरिया : अत्तरिया-धनगढी ६ लेन सडकको गोदावरी नगरक्षेत्रमा लगाउन थालिएको तारजालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अनुगमन गरेका छन ।
६ लेन सडकको डिभाईडरमा नगरपालिकाले लगाउन थालेका तारजालीहरुको आज (मंगलबार) नगरप्रमुख भट्ट सहित, नगरप्रवत्ता गोपाल दत्त भट्ट लगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केही सामान्य त्रुटीहरु फेला परेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । ६ लेन सडकमा रहेको डिभाईडरलाई सजाउने हेतुले लगाउन लागिएको तारजाली को लेबल नमिलेको उनले बताए । त्यसका लागि ठेकेदार कम्पनिलाई निर्देशन दिईएको पनि उनले बताए ।
त्यसका साथै मुख्य कार्यालय तथा नगरबासीहरुका लागि अनिवार्य आवश्यक पर्ने क्षेत्रहरुमा पैदल मार्ग राख्नका लागि पनि ठेकेदार कम्पनिलाई सुझाव दिईएको नगरप्रमुख भट्टले बताएका छन् । चालु आर्थिक वर्ष भित्रै ६ लेन सडकको गोदावरी नगरक्षेत्रमा तारजाली गरेर वृक्षारोपण गर्ने तथा लाईट जडान गर्ने कार्य पनि सम्पन्न हुने उनले बताए ।
चालु आर्थिक वर्षको बजेटबाट नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेको ६ लेन सडकको डिभाइडरमा तारजाली लगाउन थालेको हो । अत्तरिया देखी धनगढीको सिमानासम्म ५ किलोमिटर डिभाइडर क्षेत्रमा तार जाली लगाउनका लागि अत्तरियाकै सुयल कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता भएको छ । नगरपालिकाले सो कार्यका लागि भ्याटसहित ८० लाख २३ हजार ४७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।
