अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा रहेको जनकल्याण ईङ्गलिस स्कुलले २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।आज(मंगलबार) सुदूरपश्चिम प्रदेशसभा सदस्य तुलसी देवकोटाको प्रमुख आतित्थ्यतामा वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवकोटाले शिक्षामा युग सुहाउँदो बनाउनको लागि टेक्निकल शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले विद्यालयले अध्यापन सँग सँगै कला संस्कृतिको सरक्षणमा पनि विद्यार्थीहरूलाई जोडेको भन्दै धन्यावाद ज्ञापन गरिन । वार्षिकोत्सव समारोहमा प्रदेशसभा सदस्य खेमा देवी विष्ट र गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा रहेका थिए ।
कार्यक्रममा स्कुलका संस्थापक यज्ञ राज हमाल (योगेन्द्र) ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव समारोहमा दृष्टि फाउन्डेसन नेपालकी संस्थापक सामाजवेसी कल्पना भट्टलाई सम्मानित गरिएको थियो ।
२०५४ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ५ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
