अत्तरिया : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीको गोदावरी नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहेको छ । गोदावरी ५८.७ अंक सहित पाँचौँ स्थानमा रहेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मूल्यांकनमा धनगढी उप–महानगरपालिका पहिलो स्थानमा रहेको छ, जसले ६३.३ अंक प्राप्त गरेको छ । जानकी गाउँपालिका दोस्रो स्थानमा रहेको छ, जसको अंक ६३.१ रहेको छ । बर्दगोरिया गाउँपालिका ६२.७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो स्थानमा रहेको छ ।
पाँचौँ स्थानमा गोदावरी हुँदा छैटौँ स्थानमा ५४.६ अंकसहित कैलारी गाउँपालिका रहेको छ । टीकापुर नगरपालिका ५२.७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५०.४ अंकसहित आठौँ, गौरीगगा नगरपालिका ४७.१ अंकसहित नवौँ र भजनी नगरपालिका ४७.१ अंकसहित दशौँ स्थानमा रहेका छन् ।
लम्की चुहा नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका क्रमशः ४४.४, ४०.५, र ३९.२ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण प्रकाशित गरेको थियो । आयोगले प्राप्त अंकमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ ।
