अत्तरिया : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिको अध्यक्षमा भूपेन्द्र बहादुर चन्द चयन भएका छन् ।
संगठनका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता तथा जिल्ला अध्यक्ष चक्रबहादुर विष्टको प्रमुख आतिथ्यतामा आज आयोजित तेस्रो नगर अधिवेशनले चन्दको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा केशवराज ओझा र बिस्ना जोशी चयन भएका छन् भने सचिवमा तिर्थराज अवस्थी चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा टेकेन्द्र बहादु सिंह, सह-सचिवमा निर्मला बिसी र सह- कोषाध्यक्षमा विनिता चौधरी चयन भएका छन् ।
सदस्यहरुमा भरत बहादुर स्वाँर, टेकराज अवस्थी, सिद्दराज भट्ट, वीर बहादुर सापकाेटा, भिम बहादुर वि क, लक्ष्मी पाण्डेय, काैशीला नेपाली, सरस्वती जाेशी, निमिषा भट्ट, टिकेश्वरी शर्मा, लाल बहादुर वि क, मुन्ना बहादुर दमाई, अर्जुन वि क, जनक सुतार, कलक बहादुर धामी, चेतराम चाैधरी र चन्द्रा वि क चयन भएका छन्।
